बरु ओली खुला र प्रस्ट, प्रचण्ड कुटिल र छद्‌म: बाबुराम

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २५

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुला र प्रस्ट भएको टिप्पणी गरेका छन्।

केही समययता जनयुद्धकालका सहयोद्धासमेत रहेका प्रचण्डको निरन्तर आलोचना गरिरहेका नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. भट्टराईले बिहीबारै बिहानै सामाजिक सञ्जालमार्फत पुन: आक्रोश पोखेका हुन्।

हालै सम्पन्न एमाले र माओवादी केन्द्रका केन्द्रीय समितिका बैठकका दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभकालको रुसी पार्टीको झल्को आएको टिप्पणी गर्दै डा. भट्टराईले बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’ भएको आरोप लगाएका छन्।

यस क्रममा उनले लेखेका छन्, ‘बरु ओली अलि बढी खुला र प्रस्ट! प्रचण्ड सदा झैं कुटील र छद्‌म! खासगरी नेपालको जटिल भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजी (revolutionary phrase-mongering) को प्रयोगमा।’ कुनै बेला ओलीका कटु आलोचक बाबुरामले अहिले प्रचण्डभन्दा राम्रो भनेर प्रशंसा गरेको देख्दा कतिपय भने चकित परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *