बालुवाटारमा माओवादी धारका दलहरूको बैठक जारी

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २६

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि माओवादी धारका पार्टीहरूको बैठक बसेको छ।

आज बिहान पौने ९ बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत सहभागी छन्।

यस्तै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुती, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, नेकपा बहुमतका नेता हेमन्तप्रकाश ओलीलगायत पनि बैठकमा सहभागी छन्।

‘जनयुद्धकालीन मुद्दा’ का विषयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डमाथि सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका दलका नेताहरू यसअघि पनि बालुवाटारमा छलफलमा जुटेका थिए।

गत फागुन २३ मा उनीहरूले शान्ति सम्झौता र परिवर्तनका विरूद्ध हुने गतिविधिको एकमत भएर प्रतिवाद गर्ने निर्णय गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *