नवलपुरमा समीक्षालाई दर्शकको भरपुर साथ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक २८

काठमाडौं : गायिका समीक्षा अधिकारी मंगलबार नवलपुरमा गुञ्जिइन्।

देवचुली–१ केउरानी (नारायण नदी किनार)मा आयोजित ‘एकादशी सांस्कृतिक रमाइलो तथा पर्यटन मेला’ मा उनले आफ्ना हिट ट्रयाक गाउँदा दर्शकको भरपुर साथ पाइन्।

तीन दिने मेलाको अन्तिम दिनको मुख्य आकर्षणका रूपमा पुगेकी समीक्षाको प्रस्तुति हेर्न र सुन्न ठूलो संख्यामा दर्शकको भीड उर्लिएको थियो। मेलाका प्राप्त तस्बिर हेर्दा दर्शकको भीड देखिन्छ।

दर्शकको ‘वान्स मोर’ आएपछि कतिपय गीतहरू उनले दोहोर्‍याएर समेत गाइन्। ‘दर्शकको उपस्थिति निकै राम्रो पाएँ। उहाँहरू हरेक गीतमा रमाइलो गर्नुभयो,’ समीक्षाले भनिन्।

उनले बुधबार गण्डकी प्रदेश महोत्सव गैंडाकोटमा प्रस्तुति दिँदैछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *