बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक गर्छौँं: प्रधानमन्त्री

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक, लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै उनले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए।

‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो, तर अहिले जनताले लघुवित्तप्रति कैयौँ प्रश्नहरू उठाएका छन्, सहकारीमा पनि समस्या देखिएका छन्, यिनीहरूको बृहत् समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरुरी छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले बैंक तथा वित्तीय संस्थाहरूको समीक्षा गरेर मात्रै व्यवस्थित र वैज्ञानिक नीति तय गकिने तर्क गरेका थिए।

‘केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत् समीक्षा बैठक बोलाउने सोच्दैछु, बृहत् समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौँ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *