मेयर शाह अनुपस्थित भएपछि काठमाडौं महानगरको नगरसभा बैठक स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १४

काठमाडौँ : मेयर बालेन्द्र शाह उपस्थित नभएपछि शुक्रबार बोलाइएको काठमाडौं महानगरपालिकाको पाँचौँ नगरसभा बैठक स्थगित भएको छ । आज बिहान ८ बजे बोलाइएको नगर सभाको बैठकमा मेयर शाह साढे ११ बजेसम्म पनि सभामा उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो ।

सभामा आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल गरी संशोधन प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । ‘हामीले बजेटमाथि संशोधन प्रस्ताव दर्ता गराएका थियौं,’ उनले भने, ‘साढे ११ बजेसम्म पर्खिँदा पनि मेयर साप आउनु भएन ।’

बजेट संशोधनमाथि आवश्यक तयारी पनि नपुगेकाले पनि आजको सभा हुन नसकेको उनले बताए । मेयर शाहले भने एमाले र कांग्रेसकै कारण नगरसभा रोकिएको जनाएका छन् । मेयर शाहले फेसबुकमा लेखेका छन्, ‘एमाले कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नुभयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नुभयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *