चार सहिदको नाममा कार्यक्रम राखौँ भन्दा कांग्रेस–एमालेले नगरसभा रोके : बालेन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १४

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा एमाले र नेपाली कांग्रेसका नगरसभा सदस्यहरूले नगरसभा बैठक रोकेको आरोप लगाएका छन्।

एमाले–कांग्रेसका नगरसभा सदस्यहरूले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँ कार्यक्रम राख्न भनेकोमा आफूले भने चार सहिदहरूको नाममा गर्न आग्रह गरेको उनले बताएका छन्।

एमाले काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो,’ शुक्रबार सामाजिक सञ्जालमार्फत मेयर शाहले भनेका छन्, ‘मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ।’

उनले बीपी र मदनले चार सहिदहरूको भन्दा धेरै योगदा देखेको हुनसक्ने पनि बताएका छन्। ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला,’ उनले भनेका छन्, ‘त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो।’

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FbalenOfficial%2Fposts%2Fpfbid02vzyqZSwCuuGjLNfWRHjwWKTbDXe1ndw5292aS7YzXGEhCQWDSLcnDsZ8pund9EKEl&show_text=true&width=500यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *