|
२०८२ भाद्र १०
काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ ।
विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने प्रयोजनका लागि १३ भदौमा बैठक तोकिएको थियो । तर अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।
एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा तोकिएको छ । उक्त महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन मस्यौदा छपाइकै लागि समय लाग्ने भनेर १३ भदौमा बैठक बोलाइएको थियो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्