तीनै तहको चुनावसम्म गठबन्धन रहन्छ: प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा मात्र नभई तीनै तहको चुनावसम्म गठबन्धन कायमै रहने बताएका छन्।

माओवादीले गठबन्धनलाई पहिलो प्राथमिकता भने नठानेको उनले बताए। तर शीर्ष नेताहरूबीच तीनै तहको चुनावमा तालमेल गर्नेमा द्विविधा नरहेको उनले बताए।

तालमेलको सम्भावना भयो भने गठबन्धनका दलसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने हो,’ सुदूरपश्चिम प्रदेशमा सोमबार आयोजित प्रशिक्षणमा प्रचण्डले भने।

गठबन्धन दलका शीर्ष नेतृत्वले गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको उनको भनाइ थियो। ‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्नेगरी जानुपर्छ भन्ने हो,’ उनले भने।

यसैबीच प्रचण्डले एमालेसँग एकता गरेर नेकपा पार्टी बनेपछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशीविदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताएका थिए।

माओवादी ‘जनयुद्ध’को बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षडयन्त्र भएको बताउँदै उनले नेकपा एमालेका अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद् विघटन गरेको दाबी गरेका थिए।

‘विदेशी शक्ति, न्यायालय र प्रतिक्रियावादीको सेटिङले माओवादी नेतृत्वलाई सिध्याउने डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो,’ उनले भने, ‘लाखौँको सङ्ख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि देशीविदेशी सेटिङ असफल भयो।’

(राससको सहयोगमा)

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *