×

एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भयोः प्रचण्ड

भदौ २३, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएका छन् ।

त्यो षड्यन्त्र देशभित्र र बाहिरबाट भइरहेको भन्दै उनले आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको बताए ।

‘तपाईंहरूले देख्नुभएको छ– यो गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। देशभित्र र बाहिरबाट। यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन हो। यसले राष्ट्रको रक्षा गर्ने हो,’ बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने ।

उनले अघि भने, एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् । हामी चाहिं यथास्थितिमा हुन सक्दैन भनिराख्या छौं । हामी सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढंगले होस्, देशलाई क्षति नहुने ढंगले चाहेका छौं’ ।

तर अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने र माओवादीहरुलाई घेरा हालेर सिध्याउने षडयन्त्रमा लागेको प्रचण्डको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: