बिचौलियाको पहलमा कांग्रेस-एमाले गठबन्धन बन्यो : प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ९

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेको गठबन्धन षड्यन्त्रमूलक ढंगले बनेको आरोप लगाएका छन्। आज (बुधबार) बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व. नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेको सरकार षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा बनेको दाबी गरेका हुन्।

‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका सैह्य भएन र निक्कै षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भैसकेको छ’, प्रचण्डले भने, ‘र उनीहरूको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिरहनुपर्दैन, समाज र आम जनतामा छर्लङ्ग छ।’

आफू नेतृत्वको सरकारले सामन्ती अवशेषका रूपमा रहेको मिटरब्याजविरोधी कदम र मुलुकको आर्थिक अवस्थालाई लयमा ल्याउने पहल गरेको चित्त नबुझेपछि बिचौलियाहरू गठबन्धन परिवर्तनमा लागेको आरोप प्रचण्डले लगाएका छन्। उनले भने, ‘मुख्य रूपमा सुशासनको सवालमा नेपालको इतिहासमै दूरगामी पहल भएपछि एउटा वर्ग, एउटा तप्का,भ्रष्टाचारमा लिप्त हुने तत्त्वहरूलाई सैह्य भएन।’

राम्रो काम गर्दागर्दै आफूले सरकार छाड्नु परे पनि राजनीतिक रूपमा राम्रो आधार बनेको दाबी गर्दै त्यसलाई संगठनमा बदल्ने अवसर प्राप्त भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *