पछिल्लो २४  घन्टामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि : २ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन २२

काठमाडौं :  पछिल्लो २४  घन्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। सोही अवधिमा कोरोनाबाट थप २ जनाको ज्यान गएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  परीक्षण भएका  ४ हजार ९२९ नमूनामध्ये ६८ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

आइतबार थप ५३८ जना कोरोनामुक्त भएका छन्। निको हुने दर ९८.१ प्रतिशत हो। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ५९ हजार ९३ पुगेको  छ। हाल कोरोना सक्रिय संक्रमितको संख्या ६ हजार ४६१ छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८८ हजार ५६६ जनाले खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *