धनुषाधाममा पेस्तोल र गोलीसहित ४० वर्षीया महिला पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ७, २०८३

काठमाडौँ : धनुषाको धनुषाधाम नगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५ की करिब ४० वर्षीया गंगावती महतो रहेकी छन्।

प्रहरीका अनुसार शनिबार साँझ विशेष सूचनाका आधारमा खटिएको टोलीले उनको खानतलासी गर्दा कम्मरमा लुकाएर राखेको कटुवा पेस्तोल र गोली बरामद गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *