आजको मौसम

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ४, २०८३

काठमाडौं । देशमा पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहँदा आज केही प्रदेशमा आंशिक बदली हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। तराई, उपत्यका र खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

आज राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *