|
मंसिर १, २०८३
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा तराईका केही स्थानमा तुवाँलो र बिहानपख उपत्यका तथा खोँचमा हुस्सु लाग्ने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका केही हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ।
अन्य भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्