|
२०८३ श्रावण २
काठमाडौं । भारी वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जोखिमयुक्त जिल्लामा शनिबार र आइतबार राति सवारी सञ्चालन नगर्न आग्रह गरेको हो।
अति भारी वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको जोखिम बढेकाले अत्यावश्यक बाहेकका यात्राबाट बच्न सर्वसाधारणलाई अनुरोध गरिएको छ। सुरक्षा निकाय र उद्धार टोलीलाई समेत उच्च सतर्क अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्