काठमाडौं, असोज १८ — लगातार भइरहेको भारी वर्षा र आगामी दिनहरूमा अझै वर्षा जारी रहने पूर्वानुमानका कारण काठमाडौं उपत्यका भित्रिने र बाहिरिने तथा लामो दूरीका सार्वजनिक सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि भइरहेको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै असोज १८, १९ र २० गते सवारी आवागमनमा रोक लगाइएको जानकारी दिएको हो।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘सबै जिल्लाबाट चल्ने लामो दूरीका तथा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ।’
यस निर्णयले सम्भावित जोखिम न्यूनीकरण गर्ने र यात्रुहरूको सुरक्षालाई मध्यनजर राखिएको प्राधिकरणले जनाएको छ। साथै, नागरिकहरूलाई अत्यावश्यक नपरेसम्म यात्रा नगर्न तथा सतर्क रहन अनुरोध गरिएको छ।



दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्