भक्तपुरको मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २२

काठमाण्डौँ । भक्तपुरको मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुली दिगुभैरव डबलीबाट बेलुका ७ बजे शुरु हुन्छ । यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनेछन् ।

उनले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप काँधमा बोकी दिगु भैरवलाई तीनपटक परिक्रमा गरेपछि निगु पुखुः, लाय्कू हुँदै जात्राको परम्पराअनुसार क्वालाखु (बालकुमारी) थास्मा गणेशको दर्शन गर्ने व्यवस्था गरिएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले बताए ।

मध्यपुरथिमिमा दुईवटा जिब्रो छेड्ने जात्रा प्रचलनमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *