×

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

बैशाख २१, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा कोलकाता नाईट रायडर्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल इडेन गार्डेनमा नेपाली सयमअनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ । कोलकाता १० खेलमा नौ अङ्कसहित तालिकाको सातौं स्थानमा छ ।

राजस्थान ११ खेलमा छ अङ्कसहित आठौं स्थानमा छ । यस्तै आजको अर्को खेलमा पञ्जाब किङ्ग्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । यो खेल धर्मशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । पञ्जाब १० खेलमा १३ अङ्कसहित तालिकाको चौंथो स्थानमा छ ।

समान खेलमा १० अङ्कसहित लखनउ छैटौं स्थानमा छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङगलुरु (आरसीबी)ले चेन्नई सुपर किङ्सलाई दुई रनले हराउँदै तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: