पुरानो रिसिइबीका कारण ७५ वर्षीयद्वारा पुजारीको गोली हानी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २९


मकवानपुरको राक्सिराङ–१ कोलगैरीमा शुक्रबार बिहान ६४ वर्षीय पुजारी ठूले गोलेको गोली हानी हत्या गरिएको छ। ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारी रहेका गोलेलाई स्थानीय ७५ वर्षीय इमानसिंह थोकरले पुरानो रिसिइबीका कारण गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले थोकरलाई घटनास्थलबाट करिब एक किलोमिटर टाढा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो। उनको साथबाट कटुवा पेस्तोल, दुई राउण्ड गोली, एक खोका तथा १९० ग्राम गनपाउडर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *