×

चन्द्रागिरिका वडाध्यक्ष सहकारी ठगी आरोपमा पक्राउ

पुस ८, २०८१ | दाक्सु मिडिया

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्।

प्रहरीले महर्जनलाई सोमबार पक्राउ गरेको स्रोतले बतायो। उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ। उनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

बिगो रकम खुल्न बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: