अब नेपाली कामदार ई-७ भिसामा कोरिया जान नपाउने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३१

काठमाडौं, भदौ ३१ — अब नेपाली कामदारले ई-७ भिसामार्फत कोरिया जान नपाउने भएका छन्। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै बीटुबी (B2B) प्रणालीबाट ई-७ भिसामा कामदार पठाउने प्रक्रिया स्थगित भएको जनाएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८० कार्यान्वयन नगर्न भनिएकोले यो निर्णय भएको विभागले स्पष्ट पारेको छ।

हालसम्म ईपीएस प्रणालीमार्फत मात्रै नेपाली कामदार कोरिया जान पाउँथे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *