|
२०८२ असार १०
सोलुखुम्बु, असार १० – सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा निर्माण सम्पन्न भएको जिमी राई बहुउद्देश्यीय सभाहलको भव्य उद्घाटन कार्यक्रम असार १५ गते आइतवार हुने भएको
उक्त सभाहलको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा संघीय सरकारका माननीय रक्षामन्त्री श्री मानवीर राईको उपस्थिति रहने आयोजकले जनाएका छन्।
कार्यक्रममा सभाहल निर्माणमा सहयोग गर्ने विभिन्न महानुभावहरूलाई सम्मान गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको अवसरमा राई समुदायका मौलिक नाच–गान सहितका विविध सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिनेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्