×

साढुदाइको घरमा पाहुना गएका चौधरी मृत भेटिए

पुस १८, २०८१ | दाक्सु मिडिया

कैलाली : कैलालीको घोडघोडीमा साढुदाइको घरमा पाहुना गएका एक जना मृत भेटिएका छन् । प्रहरीका अनुसार कैलालीको घोडघोडी नगरपालिका–७ परैचा बस्ने ४८ वर्षीय सोमन चौधरी आज बिहान मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीषक (डीएसपी) कबिन्द्रसिंह बोहराले परैचामा साढु दाइ नाता पर्ने बुधराम चौधरीको घरको बरण्डामा उनी मृत भेटिएको बताए । चौधरी बुधबार राति बुधरामको घर गएका थिए । तर बिहान वरण्डामा सुतेकै स्थानमा मृत भेटिएका हुन् ।

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: