×

चाँगुनारायण घटना साथीको हत्या आरोपमा बादल कारागार चलान

फाल्गुन २८, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका किशोर निरज लामा ९निरोज०को हत्या आरोपमा पक्राउ परेका उनका साथी बादल तामाङ कारागार चलान भएका छन् ।

६ फागुनमा बादलको घरमा उनका साथी १९ वर्षीय निरज मृत भेटिएका थिए । त्यसपछि अनुसन्धानका लागि भन्दै प्रहरीले बादललाई पक्राउ गरेको थियो । उनीविरुद्ध भक्तपुर जिल्ला अदालतमा कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता भएको थियो ।

२६ फागनुमा न्यायाधीश दिलिपराज पन्तको इजलासले बादललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

प्रहरीका अनुसार निरज ५ फागुनको गएराति बादलको घरमा गएका थिए । उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको प्रहरीको भनाइ छ ।

६ फागुनको दिउँसो ३ बजेसम्म पनि नउठेपछि बादल उनलाई बोलाउन जाँदा अचेत अवस्थामा भेटिएको प्रहरीको भनाइ थियो । प्रहरीको टोली घटनास्थलमा पुग्दा उनी मृत भेटिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: