|
२०८३ असार ८
गोरखा : गोरखा नगरपालिका–९ आहालडाँडामा करिब दुई करोड रुपैयाँ लागतमा निर्माण भइरहेको गोरखनाथ मन्दिर अन्तिम चरणमा पुगेको छ।
गोरखक्षनाथ आश्रमका अनुसार करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ र आउँदो फागुनभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य छ। शिखरशैलीमा बन्ने मन्दिरमा गोरखनाथको मूर्ति स्थापना गरी पूजाआजा सुरु गरिनेछ।
मन्दिर परिसरमा ध्यान केन्द्र, गौशाला, धर्मशाला, प्रवचन कक्ष र गुरुकुल सञ्चालन गर्ने योजना पनि रहेको छ। करिब ४१७ रोपनी क्षेत्रफलमा गुरुयोजना अनुसार संरचना विकास भइरहेको छ।
सरकारी सहयोगमा निर्माण भइरहेको यस मन्दिरलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्