महोत्तरीको जलेश्वरनाथ मन्दिरमा हेलिकप्टर चार्टर गरी पुष्पवृष्टी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १७

महोत्तरी : सवा दुई लाख रुपैयाँमा हेलिकप्टर चार्टर गरी महोत्तरीको जलेश्वरनाथ मन्दिरमा आज पुष्पवृष्टी गराईएको छ। काठमाण्डौबाट २ लाख २५ हजार रुपैयाँ खर्च गरेर चार्टरमा ल्याएको हेलिकप्टरमार्फत आज (मंगलवार) दिउँसो मन्दिर परिसर र जलेश्वर नगर परिसरमा पुष्पवृष्टी गराइएको हो।

मन्दिर परिसरमा आकासबाट विमानले दुई फन्का लगाएर पुष्पवृष्टी गराइएको हो। सो कार्यका लागि स्थानीय मालीबाट २ क्विन्टल सयपत्री फूल सहयोगस्वरुप प्राप्त भएको थियो।

महाशिवरात्रि पर्वका अवसरमा अति प्राचीन जलभित्र विराजमान भगवान् शिवको यो स्थलबारे थप चासो बढाउन हेलिकोप्टरबाट पुष्पवृष्टी गराइएको जलेश्वर नगरप्रमुख रामशङ्कर मिश्रले बताए। हेलिकोप्टरको भाडालगायतका लागि करिब दुई लाख २५ हजार रुपैयाँ नगरपालिकाको कोषबाट नभइ श्रद्धालु शिवभक्तबाट दानस्वरुप जुटेको रकम भएको नगरप्रमुख मिश्रले स्पष्ट पारेका हुन्।  

आज महाशिवरात्री पर्वको अवसरमा जलेश्वरनाथ महादेव मन्दिरको परिसर पुराणहरूमा वर्णित भए झै आभास भईरहेको थियो। जुन दृश्य हेर्नका लागि टाढाटाढाबाट श्रद्धालु भक्तजनको जलेश्वरमा भीड लागेको थियो। पुराणमा पुष्पवृष्टीको कुरा सुनेपनि प्रत्यक्ष भने आजै देखिएको मन्दिर परिसर पुगेका श्रद्धालुले बताए।  

जलेश्वरनाथ अनादिकालमा भगवान् शिवले सपनामा दिनुभएको सङ्केतका आधारमा तीन सन्तले ठाउँ पत्ता लगाएका विश्वास गरिए पनि माटोमुनि गडेको शिवलिङ्ग निकाल्न नसकेपछि सन्तहरूकै आराधनाबाट प्रशन्न भएका शिव आफैं प्रकट भएको वर्णन पुराणमा छ।

गहिरो जलाशयभित्र रहेको शिवलिङ्ग १८ वटा सिँढीमुनि छ। महाशिवरात्रि, साउने सोमबार र अन्य पर्व नेपाली सेनाले लिङ्ग छोपिएको जलाशयको पानी बाहिर निकालेपछि शिवलिङ्गको दर्शन गर्न  सर्वसाधारणलाई सहज हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *