महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १७

काठमाडौं : महाशिवरात्रिको अवसरमा  काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। कोरोना संक्रमणका कारण दुई वर्षसम्म पशुपतिनाथमा महाशिवरात्रि पर्व मेला लागेको थिएन। लामो समयपछि शिवरात्रीमा पशुपतिनाथको दर्शन र पूजा गर्न पाउँदा दर्शनार्थी खुसी देखिन्छन्।  पशुपतिनाथ क्षेत्रमा हजारौंको संख्यामा साधुसन्तहरुको बाक्लो उपस्थित छ। महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त आउने गर्छन्। यसवर्ष भने सीमानाकामा कडाइ जारी रहेकाले साधुसन्तको संख्या कम हुने अनुमान गरिएको छ । महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरभित्र गइ १० लाख भक्तजनले दर्शन गर्ने पशुपति विकास कोषले अपेक्षा लिएको छ।

यो वर्ष महाशिवरात्रिमा ५१ सय र ११ हजारले मात्र विशेष पूजा गर्दैछन्। सोका लागि क्रमशः ९० र ४ सय १३ भक्तले रसिद काटिसकेको पशुपति विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।  भीड व्यवस्थापन र सरक्षामा प्रहरी, स्काउटका स्वयंसेवक, सादा पोशाकका सुरक्षाकर्मीलगायतका टोली परिचालन गरिएको छ ।

आज भगवान् शिवलाई जाडो हुने मान्यताका आधारमा बेलुीकी विभिन्न मठ मन्दिर एवं चोक र चौबाटोमा धुन जगाइन्छ। धुनीमा प्रसाद बनाएर खाने प्रचलनसमेत छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *