|
२०८० माघ १४
सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुमा अवस्थित सानो दुधकुण्ड मन्दिर परिसर सरसफाइ गरिएको छ । आज वडा कार्यालय, मन्दिर व्यवस्थापन समिति तथा जिल्ला प्रहरी कार्यालयको सक्रियतामा सरसफाइ गरिएको हो ।
धार्मिक सम्पदाहरूको संरक्षण तथा परिसरको वातावरण सफा सुग्घर राख्ने उद्देश्यले मन्दिर सरसफाइ गरिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष युवास तामाङले जानकारी दिनुभयो ।
सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तरमा पर्ने सानो दुधकुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दुधकुण्ड भनिएको हो । समुद्री सतहदेखि ४ हजार ६ सय मिटरको उचाइमा पर्ने सानो दुधकुण्डमा जनैपुर्णिमाको अवसरमा भव्य मेला लाग्ने गरेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्