×

कुपोन्डोलमा कार विद्युत पोलमा ठोक्किएपछि …

बैशाख २९, २०८१ | दाक्सु मिडिया सम्वाददाता

२९ वैशाख, ललितपुर ।  ललितपुर महानगरपालिका-१० कोपुन्डोलमा कार  दुर्घटना भएको छ ।
आज बिहान साढे ५ बजे बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार सडकमा अनियन्त्रित भई छेउको विद्युत पोलमा ठोक्किएको हो ।
दुर्घटनामा कारमा क्षति पुगेपनि चालक भने सामान्य रहेको प्रहरी प्रभाग कोपुन्डोलले जनाएको छ ।
कार महालक्ष्मी नगरपालिका सातदोबाटोका सञ्जित जोशीले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कारको ठक्करबाट पोलमा क्षति पुगेपछि त्यस क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीव्र गतिका कारण कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: