|
२०८३ असार ८
पाँचथर : हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माणाधीन आत्मा पवित्र गुराँसे माङहिम धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको छ।
स्थानीय सामग्री प्रयोग गरी करिब आठ रोपनी क्षेत्रमा निर्माण भइरहेको माङहिमको संरचना अन्तिम चरणमा पुगेको छ। यहाँ महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमासमेत स्थापना गरिएको छ।
स्थानीय अनुसार हालसम्म करिब एक करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब १.५ करोड लागत अनुमान गरिएको छ। माङहिम निर्माणमा स्थानीय, दातृ निकाय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीको सहयोग मुख्य स्रोत रहेको छ।
बाकी संरचना निर्माण सम्पन्न भएपछि यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्