कालीगण्डकी किनारमा नयाँ पदमार्ग बन्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कालीगण्डकी नदी किनारलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पदमार्ग निर्माण सुरु गरिएको छ ।

गाउँपालिकाले बालीघाट क्षेत्रबाट पदमार्ग निर्माण थालेको हो । यसले नदी किनारका प्राकृतिक दृश्य, धार्मिकस्थल र पर्यटकीय क्षेत्रलाई जोड्ने लक्ष्य राखिएको छ ।

पदमार्गलाई आँप बगैँचा, पीपल स्वामीचौतारी, गैँडाअल्प झरना र चम्के ओडारलगायत स्थानसम्म विस्तार गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *