|
२०८३ जेष्ठ १८
म्याग्दी जिल्लामा अवस्थित प्रमुख पर्यटकीय गन्तव्य टोड्के जोड्ने सडक स्तरोन्नति गरी पक्की बनाइएको छ। बेनी नगरपालिका–१० वाखेत हुँदै गहतेचोकदेखि राम्जाली मन्दिरसम्मको सडक ढलान भएपछि यात्रा समय उल्लेख्य रूपमा घटेको छ।
स्थानीय पूर्वाधार आयोजना पोखरामार्फत सम्पन्न उक्त योजनाअन्तर्गत करिब १.७ किलोमिटर सडक ढलान गरिएको हो। निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै काम सम्पन्न गरेको भए पनि प्राविधिक नापजाँच र भुक्तानी प्रक्रिया बाँकी रहेको जनाइएको छ।
सडक स्तरोन्नतिसँगै आवतजावत सहज भएको र पर्यटक तथा स्थानीयवासी दुवैलाई सुविधा पुगेको जनाइएको छ। टोड्के क्षेत्र सूर्योदय, हिमशृङ्खला अवलोकन तथा धार्मिक–सांस्कृतिक महत्वका कारण लोकप्रिय पर्यटकीय गन्तव्य मानिन्छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्