काठमाण्डौँ । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य कालिञ्चोक भगवती मन्दिर समुद्री सतहबाट ३८४२ मिटर उचाइमा अवस्थित रहेको छ। चरिकोटबाट करिब १८ किलोमिटर दूरीमा रहेको यस मन्दिरलाई महिषासुरमर्दिनी भगवतीको स्वरूप मानिन्छ। कुरी बजारदेखि मन्दिरसम्म केबुलकार सुविधा सञ्चालनमा आएपछि यहाँ पुग्न अझ सहज भएको छ।
मन्दिर परिसरमा गणेश, शिव, सरस्वतीलगायत विभिन्न देवदेवताका मूर्ति तथा प्राकृतिक कुण्ड रहेका छन्। जनैपूर्णिमा, दशैं लगायतका पर्वमा यहाँ ठूलो मेला लाग्ने गर्दछ। हिउँ पर्ने मौसममा कुरी बजारदेखि मन्दिरसम्मको क्षेत्र सेताम्य हुने भएकाले हिउँ खेल्न र प्राकृतिक दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य भीड लाग्ने गर्छ।
वैशाख महिनामा लालिगुराँस फुल्ने तथा रमणीय प्राकृतिक दृश्यले भरिपूर्ण हुने भएकाले कालिञ्चोक धार्मिक मात्र नभई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्