पल्सर स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइसमा ५ खेलाडी मनोनित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २३औँ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको छ।

मनोनयनमा भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्लएमएमएका रवीन्द्र ढाँट परेका छन्।

यसपटक पिपल्स च्वाइसको मतदान प्रक्रियामा परिवर्तन गरिएको छ। एक समर्थकले प्रतिदिन एकपटक मात्र १० रुपैयाँ शुल्कमा भोट गर्न पाउने व्यवस्था गरिएको छ। विजेता छनोटमा डिजिटल वालेट खल्तीको मतभार ५० प्रतिशत तथा सामाजिक सञ्जाल, राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यको मतभार ५० प्रतिशत रहनेछ।

पिपल्स च्वाइसको विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। गत वर्ष यो अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *