भलिबलका हिमाल सुनारीले जिते पिपल्स च्वाइस अवार्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २४

काठमाडौं। भलिबलका हिमाल सुनारीले एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा पिपल्स च्वाइस अवार्ड जितेका छन् ।

बुधबार पोखरामा आयोजित अवार्ड समारोहमा हिमालले आफ्ना चार प्रतिस्पर्धीलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । खेलकुदप्रेमीको मतका आधारमा चयन हुने यो विधाका विजेता हिमालले सर्वाधिक ४०.१० प्रशिशत मत ल्याएका थिए ।

यस वर्ष पिपल्स च्वाइसमा मनोनयनमा क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली र भलिबल खेलाडी हिमाल सुनारी थिए ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल ११ विधामा प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *