|
२०८३ जेष्ठ ७
काठमाण्डौँ । गोवा राज्यमा यही मे २५ देखि जुन ५ सम्म हुने साफ महिला च्याम्पियनसिप २०२६ मा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको छ ।
बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमबीच टोलीलाई बिदाई गरिएको हो ।
बिदाई कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, मन्त्रालयका सल्लाहकार सिद्धि व्यन्जनकार र राजु सिंह, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई, पूर्व कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेखु तथा कोषाध्यक्ष रवीन्द्र जोशीले टोलीलाई बिदाई गरेका हुन् ।
नेपाली टोली शुक्रबार गोवा प्रस्थान गर्दैछ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्