काठमाण्डौँ । आईसीसी महिला च्यालेन्ज ट्रफी खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । १८ अप्रिलदेखि १ मेसम्म प्रतियोगिता रुवान्डामा हुँदैछ।
प्रतियोगितामा घरेलु टोली र नेपालसहित इटाली अमेरिका र भानुआतुले प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगिता खेल्न जाने टोलीलाई नेपाल क्रिकेट संघ ९क्यान०ले बुधबार बिदाइ गरेको हो ।
नेपालले पहिलो खेल १८ अप्रिलमा अमेरिकासँग खेल्नेछ । १९ अप्रिलमा इटाली र २२ अप्रिलमा घरेलु टोलीसँग खेल्ने तय छ।
२४ अप्रिलमा भानुआतु र २६ अप्रिलमा अमेरिका, २८ अप्रिलमा रुवान्डा, ३० अप्रिल भानुआतु र १ मेमा पुनस् इटालीसँग खेल्नेछ।
नेपाली टिममा इन्दु बर्मा (कप्तान) , पूजा महतो (उपकप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी, मनीषा उपाध्याय छन् । मुख्य प्रशिक्षक हर्षल पाठक, सहायक प्रशिक्षक रिजन प्रजु छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्