|
२०८२ पुष १५
काठमाण्डौँ । नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई मंगलबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
उनको प्रशिक्षणमा नेपालले १५ माघदेखि पोखरामा हुने साफ यु–१९ महिला च्याम्पियनसिप खेल्नेछ ।
सुमन पछिल्लो समय ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड सम्हाल्दै आएका थिए । उनले मनाङ मर्स्याङ्दीसँगै नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी पोखरा थन्डर्ससँग पनि काम गरिसकेका छन् ।
उनले भुटानी क्लब फुएन्शोलिङ हिरोज एफसी पनि सम्हालेका थिए ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्