पहिलो टी-२०आई खेलमा नेपालद्धारा संघर्षपूर्ण जित हासिल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ६

काठमाण्डौँ । एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई खेलमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको छ ।

मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको जित निकालेको हो । सम्झना खड्काले ३२ रन बनाइन् भने रुबी पोद्दारले १५ रन बनाइन् । कविता जोशीले ६ रन बनाइन् ।

मलेसियाका लागि नूर कलिसाले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिइन् । आइसा एलिसा र एल्सा हन्टरले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ६७ रन मात्र बनाएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *