|
२०८२ आश्विन १८
क्वालालम्पुरमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै अन्तरराष्ट्रिय महिला टी–२० शृङ्खलामा पहिलो जित दर्ता गराएको छ।
मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो। पूजा महतोले ३९ रन, कप्तान इन्दु बर्माले अविजित २७ रन बनाइन्।
मलेसियाका लागि आइना हमिजाले अर्धशतक बनाएकी थिइन्। अब पाँच खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ।
नेपालले आगामी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरूप यो शृङ्खला खेलिरहेको हो।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्