महिला टी–२० छनोटमा नेपालको पहिलो जित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १०

काठमाडौं: आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो सफलता हात पारेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो।

जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५२ रन बनाइन्। कप्तान इन्दु बर्माले २२ रनको योगदान दिइन्।

यसअघि जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। नेपालका तर्फबाट रिया शर्माले २ विकेट लिइन् भने अन्य चार खेलाडीले १–१ विकेट हात पारे।

नेपालले अब सोमबार स्कटल्यान्डसँग अन्तिम खेल खेल्नेछ, जहाँ जित अनिवार्य रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *