|
२०८२ आश्विन १९
काठमाण्डौँ । मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली पराजति भएको छ। क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित भएको हो ।
मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्रै बनायो। नेपालका लागि रुवि पोदारले सर्वाधिक ३१, सम्झना खड्का १८ र इन्दु बर्मा २२ मा अविजित रहिन् ।
त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले आइन्ना हमिजाहको अर्धकसतकको सहयातामा १२० रन बनाएको थियो ।
यससँगै पाँच खेलको सिरिजमा नेपाल २–१ ले पछि परेको छ। अब अर्को खेल मंगलबार खेल्नेछ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्