क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दारमा बढुवा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २३

काठमाण्डौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ अलराउन्डर आरिफ शेखले विभागीय बढुवा प्राप्त गरेका छन् । उनी प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् ।

नेपाल पुलिस क्लबको कप्तानी गर्दै लगातार २ वटा जय ट्रफीको उपाधि जितेको, प्रो क्लब च्याम्पियनसिपमा विभागलाई उपाधि दिलाएको र विश्वकपमा समेत नेपालको प्रतिनिधित्व गर्दै राम्रो प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबले उनलाई पदोन्नति गरेको हो ।

उनलाई पदोन्नतिसँगै अर्को सिजनसम्मका लागि नेपाल पुलिस क्लबका खेलाडीहरुलाई खेलकुद सामाग्री समेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *