|
२०८२ कार्तिक २४
काठमाण्डौँ । आज हुने झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् ।
यो खेल झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा दिउँसो १ बजे शुरू हुनेछ ।
नेपाल पुलिस क्लबले सङ्कटा एफसीलाई र एपीएफले नेपाल आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्