नेपाली यु–२० प्रारम्भिक ३० सदस्यीइ टोली घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ११

काठमाण्डौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चीन युनान महिला टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।

उक्त टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी यमप्रसाद गुरुङलाई दिइएको छ। नेपाल र चीन युनान युथ महिला टोलीबीचको मैत्रीपूर्ण खेल जनवरी ३१ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने तय छ।

टोलीमा गुरुङले बंगलादेशमा भएको साफ महिला यु–२० मा नेपाललाई उपविजेता बनाउने प्रायः खेलाडीलाई निरन्तरता दिएका छन्। सर्वाधिक १० गोल गरेकी पूर्णिमा र ७ गोल गरेकी मीनाले पनि आफ्नो स्थान बनाएकी छन् ।

प्रारम्भिक टोलीको सूचि ः

आयुषा रेउले, अमिता भुल, अनिशा राई, अन्शु विक, अनु माझी, अस्मिता गुरुङ, भावना परियार, बिर्सना चौधरी, डिकी स्याङ्बो, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लिला जोशी,मनिषा सेन, मीना देउवा, पुनम चेम्जोङ, पूर्णिमा राई, समिक्षा मगर, संगीता अधिकारी, सानीमाया लो, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बू पन्धक, सिम्रन राई, सीता रोकाया, सृजना स्याङ्तान, सुजाता तामाङ, सुकृया मिया र सुनिता विक रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *