काठमाण्डौँ । अल नासरले एएफसी च्याम्पियन्स लिग– २ मा आफ्नो विजयी यात्रालाई लगातार छैटौँ खेलसम्म पनि कायम राखेको छ । साउदी अरेबियन क्लबअल नासरले बुधबार इराकको अल जावराविरुद्ध ५–१ को सहज जित निकालेको हो ।
रियादस्थित अल अवाल पार्कमा घरेलु टोली अल नासरलाई जित दिलाउन किंग्सले कोम्यानले दुई तथा विस्ली, अब्दुल्लाह अल–अम्री र जोआओ फेलिक्सले एक–एक गोल गरे । अल जावराका लागि इब्राहिम गबाडामोसीले एक गोल फर्काए ।
खेलको १२औँ मिनेटमा कोम्यानको गोलमार्फत अल नासरले अग्रता लिएको थियो । सात मिनेटपछि विस्लीले टोलीको अग्रता दोब्बर बनाए ।
अम्रीले २९औँ मिनेटमा गोल गर्दा अल नासर ३–० ले अगाडि बढ्यो । ४४औँ मिनेटमा फेलिक्सले टोलीका लागि चौथो गोल गरे ।
गबाडामोसीले ५०औँ मिनेटमा अल जावराका लागि गोल फर्काए । ५६औँ मिनेटमा कोम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई ५–१ को सहज जित दिलाए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्