अल नासर किङ्स कपको सेमिफाइनलमा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १

क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासर किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदानमा अभा क्लबलाई ३–१ ले हराउँदै साउदी प्रो लिग टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

मंगलबार राति भएको खेलमा अल नासरलाई जिताउन सामी अल नाजेइ, अब्दुल्लाह अल्खाईवारी र मोहम्मद मारानले गोल गरे। अभाका अब्देल फटाह एडामले एक गोल फर्काएका थिए। अब्दुलफत्ताह एडमले बेन्चबाट आएदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आभाका लागि सान्त्वना गोल गरेका हुन्।

एमआरसुल पार्क रियादमा गएराती भएको खेलको पहिलो मिनेटमा नै सामी अल नाजेईले गोल गर्दै अल नासरलाई सुरूआती अग्रता दिलाए। २१औं मिनेटमा अब्दुल्लाह अल्खाईवारीले गोल गर्दै अग्रा दोब्बर पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *