सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा सम्पन्न छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालय उत्कृष्ट प्रदर्शन गर्दै समग्र च्याम्पियन बनेको छ । विद्यालयले विभिन्न खेलहरूमा उत्कृष्टता देखाउँदै २० स्वर्ण, १४ रजत र १४ कास्य गरी कुल ४८ पदक हासिल गर्दै पहिलो स्थान सुरक्षित गर्न सफल भएको हो ।
त्यस्तै प्रतियोगितामा ह्वाईट हिल्स माध्यमिक विद्यालयले पनि प्रतिस्पर्धात्मक प्रदर्शन ग¥यो । विद्यालयले १४ स्वर्ण, ११ रजत र १६ कास्यसहित ४१ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ ।
यस्तै, सगरमाथा माध्यमिक विद्यालयले ११ स्वर्ण, ९ रजत र ७ कास्य सहित कुल २७ पदक प्राप्त गरी तेस्रो भएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्टसहित विद्यार्थीहरूलाई शारीरिक क्षमता र टीमवर्क विकासमा सहयोग गर्ने विविध खेल समावेश गरिएको युवा तथा खेलकुद शिक्षा शाखाका कर्मचारी सन्तोष राउतले बताए ।
प्रतियोगितामा कुल १४ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । विजेता विद्यालय र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समापन समारोहमा शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्