एनपीएलमा सर्वाधिक रन ,विकेट लिने र ईमर्जिङ प्लेअरलाई पल्सरले बाइक पुरस्कार दिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १३

काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’को रुपमा जोडिएको छ ।

पल्सर र एनपीएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) बीच बिहीबार यस सम्बन्धी सम्झौता भएको हो । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यान सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार गोल्छा ग्रुपले एनपीएलमा तीन मोटरबाईक प्रदान गर्नेछ । एनपीएलमा सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने र ईमर्जिङ प्लेअरलाई एक-एक थान मोटरबाईक दिने गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिएका छन् ।

अभिमन्युले एनपीएलसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । यस्तै क्यान सचिव पारस खड्काले पल्सरसँगको सहकार्यले क्रिकेट विकासमा सहयोग पुग्ने बताएका छन् ।

क्यान सचिव पारस खड्काले एनपीएलको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको बताए । एनपीएल आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *