काठमाडौँ – कर्णाली यशविसले एभरेष्ट महिला भलिबल लिग (IWV) को उपाधि दोहो¥याउँदै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको छ। रोमाञ्चक तथा उतार–चढावपूर्ण फाइनलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ ले पराजित गर्दै उपाधि रक्षा गर्यो। ललितपुर भने लगातार दोस्रो वर्ष फाइनलमा पराजय व्यहोर्यो।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलको पहिलो सेट निकै नै रोमाञ्चक रहेको थियो। कर्णालीले उत्कृष्ट सुरुवात गरे पनि ललितपुरले २२–१८ को अग्रता बनाउँदै सेट जित्ने अवस्थामा पुगेको थियो। तर अन्तिम क्षणमा ललितपुरको फिनिसिङ कमजोर रह्यो र कर्णालीले २६–२४ ले पहिलो सेट जित्यो।
दोस्रो सेटमा कर्णालीले एकपक्षीय प्रदर्शन गर्यो। जोशना महतोको प्रभावशाली सर्भिसमा लगातार अंक जोड्दै कर्णालीले २५–१७ ले सेट आफ्नो पक्षमा पार्दै २–० को स्पष्ट अग्रता बनायो।
तर ललितपुरले हार मानेन। तेस्रो सेटमा १८–१३ को अग्रता बनाउँदै लगातार ७ अंक जोड्दै २५–१३ ले सेट जितेर खेललाई २–१ मा पुर्यायो। चौथो सेट पनि प्रतिस्पर्धात्मक रह्यो, जसमा ललितपुरले २५–१७ ले जित निकाल्दै खेललाई रोमाञ्चक तरिकाले २–२ को बराबरीमा ल्यायो।
निर्णायक पाँचौँ सेटमा कर्णालीले पुनः आफ्नो लय भेट्यो। नेभिकाको उत्कृष्ट सर्भिसमा लगातार ८ अंक जोड्दै कर्णालीले १५–८ ले सेट जित्यो र उपाधि आफ्नो पक्षमा पार्दै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल रह्यो।
कर्णालीको दृढता, लयमा फर्किने क्षमता र निर्णायक क्षणमा देखाएको संयमले यस वर्ष पनि उनलाई उपाधि दिलाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Kaylee4431
November 16, 2025https://shorturl.fm/MgMco